नियम १४
समूह गठन गर्न सक्ने

(१) मुक्त कमैयाहरुले संयुक्त रुपमा आय आर्जन हुने कुनै व्यवसाय सञ्चालन गर्नको लागि मुक्त कमैयाका कम्तीमा पच्चीस परिवारहरु भएको समूह गठन गर्न सक्ने छन् ।

(२) उपनियम (१) बमोजिम समूह गठन गर्न चाहने मुक्त कमैयाहरुले त्यस्तो समूह दर्ता गर्नको लागि निवेदन दस्तुर वापत पचास रुपैंया संलग्न गरी अनुसूची–१ बमोजिमको ढाँचामा कल्याणकारी अधिकृत समक्ष निवेदन दिनु पर्नेछ ।

(३) उपनियम (२) बमोजिम प्राप्त भएको निवेदन सहितको कागजात जाँचबुझ गर्दा समूह दर्ता गर्न उपयुक्त देखिएमा कल्याणकारी अधिकृतले मुक्त कमैयाको समूह दर्ता गरी निवेदकलाई अनुसूची –२ बमोजिमको ढाँचामा प्रमाणपत्र दिनु पर्नेछ ।

(४) यस नियम बमोजिम मुक्त कमैयालाई समूह दर्ता गराउने कार्यमा सहयोग पुर्याउन मन्त्रालयले समूहको विधान तथा अन्य आवश्यक कागजातको नमूना तयार गरी कल्याणकारी अधिकृत मार्फत उपलब्ध गराउने व्यवस्था गर्नेछ ।